नयाँ दिल्लीको मुख्यमन्त्री अतिशीले शनिबार शपथ ग्रहण गर्ने

लोकपथ
168
Shares

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीको नवनियुक्त मुख्यमन्त्री आम आदमी पार्टी (आप) की नेतृ अतिशी मर्लेना सिंहले शनिबार शपथ ग्रहण गर्ने भएकी छिन् । 

पूर्व मुख्यमन्त्री अरविन्द केजरिवालले राजीनामा दिएसँगै मुख्यमन्त्री बनेकी अतिशीले शनिबार शपथ ग्रहण गर्न लागेकी हुन् ।   

अतिशी दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हाल्ने तेस्रो महिला मुख्यमन्त्री बनेकी छन् । उनीअघि भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बनेका थिए ।

४३ वर्षीया अतिशी भारतको आगामी विधानसभा निर्वाचनसम्म दिल्लीको मुख्यमन्त्री रहनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?