कानुन निर्माण हुन नसक्दा संविधानले पूर्णरूपमा काम गर्न पाएको छैन : मन्त्री खड्का

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधानले पूर्णरूपले कामहरू गर्न नपाएको बताएका छन् । 

बिहीबार नेपाली रेडियो नेटवर्कको आठौँ वार्षिकोत्सव र संविधानको नवौँ वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले तदअनुसारका कानुन निर्माण हुन नसक्दा संविधानले पूर्ण रूपमा काम गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘संविधान संशोधनका नाममा संघीयताका विषयमा प्रश्न उठेका छैनन्, यसमा कुनै संशोधन हुने कुरा पनि छैनन् । संविधानका नाममा समावेशी चरित्रलाई तोडमोड गर्न खोजिएको होइन । त्यस कारण निर्वाचन प्रणालीका कुरा होलान्, संविधान निर्माण भइसकेपछि संविधानले पूर्णरूपमा  आफ्नो काम गर्न पाएको छैन । किनभने तदअनुसारका कानुनहरू निर्माण भइसकेको अवस्था छैन । अहिले सरकार संविधान अनुकूल सबै कानुन निर्माण गर्ने ध्यानमा छ । ’

साथै उनले संसारको उत्कृष्ट संविधान नेपालको भएको बताए ।  उनले जनतालाई  उपयुक्त लागेका र मुलुकलाई आवश्यक भएका विषयहरू बाहेक जनचाहनाअनुसार संशोधन गरिनुपर्ने बुँदामाथि सरकारले काम गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?