दलहरू लोकतन्त्रप्रति उदासीन छन् : अग्नि सापकोटा

लोकपथ
21
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले अहिले पार्टीहरूमा लोकतन्त्रप्रतिको उदासीनता देखिएको बताएका छन् ।

बिहीबार नेपाली रेडियो नेटवर्कको आठौँ वार्षिकोत्सव र संविधानको नवौँ वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पार्टीहरूमा लोकतन्त्रप्रतिको उदासीनता देखिएको अवस्थामा बहसको आवश्यकता रहेको बताए ।

अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरू कुनै ध्यान नदिने र सम्पूर्ण कुराहरू व्यापारमा केन्द्रित भइसकेको कारण डरलाग्दो स्थिति सिर्जना भएको उनको भनाइ छ । उनले भने,‘यति राम्रो संविधान, यति धेरै मेहेनत गरेर निर्माण भएको संविधान छ । तर पार्टीहरूमा लोकतन्त्रप्रति उदासीनता छन् । विचारको बहस छैन । अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरू कुनै ध्यान दिँदैनन् । सम्पूर्ण कुराहरू व्यापारमा केन्द्रित भइसकेको छ । त्यसकारण डरलाग्दो स्थिति सिर्जना भएको छ ।’

उनले संविधानलाई सफल रूपमा कार्यान्वयन गर्दै संविधानमा भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाई लाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिए । विश्व दृष्टिकोणप्रति पनि सचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनको भनाइ छ ।

‘हामीले धेरै छलफल गरेर बनाएको संविधानमा संवैधानिक मूल्य मान्यताका सबै आयामहरू समेटिएका छन् । त्यति मात्र होइन संविधानमा लोकतन्त्रका मूल्य मान्यता पनि समेटिएका छन् । संविधान महत्वकांक्षी पनि छन् । संविधानमा एउटा छुट्टै दर्शन छ, उनले भने,‘संविधानलाई सफल रूपमा कार्यान्वयन गर्दै भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्दछ । विश्व दृष्टिकोणप्रति पनि सचेत हुनुपर्दछ । विश्व दृष्टिकोणबाट सचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्दछ । लोकतान्त्रिक विचारधारामा हामीले बहस नै गरेनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?