अन्याय रोकिएन भने नेताहरुलाई सिंहदरबारबाट लखेटछौँ : राजेन्द्र महतो

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका संयोजक राजेन्द्र महतोले जनतामाथि निरन्तर अन्याय र अत्याचार बढ्दै गएमा जनताले नेताहरुलाई सिंहदरबारबाट लखेट्ने टिप्पणी गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालको आयोजनामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले काठमाडौंका रैथाने नेवारहरुलाई विभिन्न नाममा सरकारले उठिबास लगाउन खोजेको भन्दै कटाक्ष गरे ।

‘जुन नेपालमा नेपालीको भूमी सुरक्षित छैन, जुन नेपालमा एउटा रैथाने नेवार जो यो देशको रैथाने नागरिक हो त्यसलाई उठिवास गराउने, ए सिंहदरबारका शासक, हामी तिमीलाई बंगलादेशमा भएको जस्तै देशबाट लखेट्न आएका होइनौँ । बंगलादेशमा जसरी देशबाट लखेटियो, तिमिलाई नेपालबाट लखेट्न आएको होइन, तर याद राख त्यो सिंहदरबारबाट यो नेपाली जनताले लखेट्छ तिमीलाई,’ उनले भने ।

त्यस्तै काठमाडौंका नागरिकहरुलाई खोलाको मापदण्डको नाममा सरकारले दुख दिएको भन्दै आक्रोश व्यक्त गरे ।

नेपालमा ७ दशकको अवधिमा ७ वटा संविधान बनाए पनि जनताले आफ्नो हक अधिकारको प्रत्याभूती गर्न नपाएको बताए ।
‘सात सात वटा संविधान बनाएर पनि नेपाली जनताले अधिकार पाएन । नेपाली जनताले पहिचान पाएन । अरे कस्तो संविधान बनायौँ, सबै नेपालीको लागि बनाउ न,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?