सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको घुइँचो

लोकपथ
35
Shares

काठमाडौं । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको घुइँचो लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रूपमा खुला गरिएपछि चढ्न आउनेको घुइँचो लागेको हो ।  

विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनः निर्माण गरी ९ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको घुइँचो लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । 

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन ६ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनको मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?