फुडमाण्डुमा ५० प्रतिशत छुटको ‘बडा धमाका’

लोकपथ
35
Shares

काठमाडौं । फुडमाण्डुले ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ ।

नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा फुडमाण्डुले ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको हो ।

हरेक महिनाको पहिलो हप्ता चल्ने फुडमाण्डु डबल धमाका क्याम्पेन, यस बडा दसैँमा झनै ठुलो हुने भएको छ । 

असोज ३ देखि असोज २३ सम्म चल्नेछ यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशत सम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । 

साथै फुडमाण्डुको एप वा वेबसाइटबाट दसैँको स्वाद आकर्षक मूल्यमा घरमा नै पनि पाउन सक्नेछन् ।

यस क्याम्पेनको बारेमा बोल्दै फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्, ‘हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरूका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौँ । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुको यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?