मधेसी र जनजातिलाई संविधानले सही उत्तर दिएन : महन्थ ठाकुर

लोकपथ
42
Shares

काठमाडौं ।  लोकतान्त्रिक  समाजवादी  पार्टी  नेपालका  अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन भए पनि मधेसी  र जनजातिलाई  हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन्  ।  

बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेसी र जनजातिलाई हेर्ने दृष्टिकोणमा संविधानले सही उत्तर कहिले नदिएको बताएका हुन् ।  

उनले भने, ‘जसोतसो  संविधान संशोधन त भयो जसलाई हामी उत्कृष्ट संविधान भन्छौँ । संशोधन भए पनि मधेसी मधेसी नै रह्यो । जनजाति  जनजाति  नै रह्यो, हेर्ने  दृष्टिकोण, गरिने व्यवहारमा कहिले  परिवर्तन भएन । संविधानले सही उत्तर दिइरहेको छैन ।’

साथै उनले संविधानमा नयाँ कानुन बन्नुपर्ने अवस्थामा पनि नबनेको बताए । उनले संविधान अनुसारका कानुन नै नबनेको जिकिर गरे । जुन कानुन संशोधन हुनुपर्ने हो त्यो संशोधन नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?