ठमेल नखः महोत्सव असोज ११ गते

लोकपथ
56
Shares

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोस्टको सहकार्यमा ४४औँ विश्व पर्यटन दिवस–२०२४ को अवसरमा ठमेलमा ठमेल नखः महोत्सव हुने भएको छ । 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते महोत्सवको आयोजना गर्न लागेको परिषद्ले जानकारी दिएको हो । 

संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहने महोत्सव ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । 

विज्ञप्तिमा लेखिएको छ,‘महोत्सवमा संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहनेछ । ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ठमेल नखः ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभवहरू प्रदान गर्ने एक अद्वितीय हुनेछ । उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम सेट गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?