‘नेसनल डे कन्सर्ट’ बारे मिश्रको टिप्पणी : आज राजा भइदिएको भए…

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दरबारमार्गमा गरिएको ‘नेसनल डे कन्सर्ट’ बारे टिप्पणी गरेका छन् ।

उनले पाचौँ हजार प्रहरी परिचालन गरेर पनि कांग्रेस–एमालेलाई ५ हजार कार्यकर्ता जुटाउन गाह्रो परेको टिप्पणी गरे । साथै पूर्व राजा ज्ञानेन्द्रको अभिनन्दन गर्ने भएमा स्वतस्फूर्तै रुपमा ठूलो भीड हुने दाबी मिश्रको रहेको छ ।

‘त्यही स्थानमा राजा ज्ञानेन्द्र उपस्थित भए ? अनि कस्तो हुन्छ होला ? पाँच हजार प्रहरी परिचालन गरेर, कांग्रेस, एमाले जस्ता ठूला पार्टीहरूले उपस्थित हुन आह्वान गर्दा समेत ५ हजार कार्यकर्ता–गणतन्त्रवादी जुटाउन गार्हो परेछ। त्यही स्थानमा एक्लो राजा ज्ञानेन्द्रको अभिनन्दन गर्ने हो भने स्वस्फूर्त रुपमा त्यहाँ कति उपस्थित हुन्छन् होला ? अनुमान गर्ने ? बाजि राख्ने ?,’ उनले भनेका छन् ।

आज दरबारमार्गमा संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?