५६ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । तेह्रथुममा ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका–१ गैंरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङ रहेका छन् ।

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?