प्रहरी देखेपछि ३ झोला गाँजा छाडेर २ जना फरार भएपछि…

लोकपथ
56
Shares

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० बेहारा र हरपुरस्थित सडकबाट प्रहरी ४५ किलो गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा बिहीबार राति इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पिछा गरेको थियो । सो क्रममा मोटरसाइकलमा नितनपुरबाट हरपुरतर्फ जाँदै गरेका २ जना प्रहरीलाई देख्ने बित्तिकै गाँजा रहेको ३ वटा झोला फ्याँकेर फरार भएका थिए । प्रहरीले उक्त झोलाको खानतलासी गर्दा ४५ किलो बराबर गाँजा फेला पारेको हो ।

मोटरसाइकलको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको खोजी तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?