जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लोकपथ
21
Shares

काठमाडौं । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा बिहीबार दिउँसो प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँस्थित नास्ता पसल सञ्चालन गरी बस्ने बझाङ जयपृथ्वी नगरपालिका–५ घर भएका ४५ वर्षीय प्रयाग राज जोशीसमेत ६ जना रहेका छन् ।  

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रुपैयाँ र १ गडी ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?