सिराहाबाट खैरो हिरोइन लिएर आउँदै थिए कारोबारी, नागढुंगामा यसरी परे प्रहरीको फन्दामा

लोकपथ
259
Shares

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेकपोष्टबाट अवैध लागुऔषध खैरो हिरोइनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिराहाको लाहान नगरपालिका–१७ का शिवशंकर ठाकुर र अर्जुनकुमार यादव तथा लाहान नगरपालिका–४ का संजिवकुमार यादव रहेका छन् ।

विशेष सूचनाका आधारमा आज सिराहाबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३००१ ख २७२८ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा, लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

सो क्रममा प्रहरी टोलीले लुकाएर ल्याएको ३७ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) फेला पारेको थियो । शिवशंकर र अर्जुन बसबाट काठमाडौं आउँदै गरेको र उक्त खैरो हिरोइन काठमाडौंमा रहेका सञ्जिवकुमार यादव आउँदै थिए ।

शिवशंकर र अर्जुनको बोलावटपछि संजिव खैरो हिरोइन लिन त्यहाँ पुगेका थिए । सो क्रममा तीनै जनालाई पक्राउ गरी प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?