हेम प्रभासको कविता संग्रह ‘साँझमा सेल्फी’ सार्वजनिक

लोकपथ
35
Shares

काठमाडौं । साहित्यकार हेम प्रभासको कविता संग्रह ‘साँझमा सेल्फी’ लोकार्पण भएको छ।

राष्ट्रिय नाचघर जमलमा बिहीबार कवि डा. नवराज लम्साल र श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल तथा हेम स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

कवि ठाकुर बेलवासे, सोझो गाउँले, रिमा केसी, राजनीतिक विश्लेषक शंकर तिवारी तथा गायक संगीतकार सन्तोष श्रेष्ठले कविता वाचन गरे । कलाकार खनालले कविता संग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरे । कवि मुकारुङले कविता कृतिबाट धेरै आशा गरेको बताए ।

कवि डा. लम्सालले कवितामाथि समीक्षा गर्दै सफलताको शुभकामना दिए । सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने उनको भनाइ थियो ।

कवि हेमले दुई दशकदेखि कवितामा साधनारत रहेको भन्दै सोही साधनाको प्रतिफल नै ‘साँझमा सेल्फी’ भएको बताए ।

संग्रह पछिल्लो एक दशकमा लेखिएका नयाँ कविताको संग्रहका रूपमा आएको उनको भनाइ छ । शिखा बुक्सबाट प्रकाशित पुस्तक मोटो गाता र पातलो गातामा उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?