सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

लोकपथ
105
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

यसअघि गत भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले उक्त प्रतिवेदन संसद्मा पेस गरेका थिए ।

भदौ २ गते बसेको मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन पारित गरेसँगै सरकारले त्यसलाई सार्वजनिक गरेको हो ।

गत जेठ १५ गते थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो ।

छानबिन समितिले सहकारी गठी प्रकरणमा जोडिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतका व्यक्तिहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?