कला र साहित्यले समाजलाई सभ्य बनाउँछ : मन्त्री भण्डारी

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक कला संस्कृतिहरुले समाजलाई सभ्य बनाउने बताएका छन् ।

उपमा सञ्चार समूहले काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै उनले कलाकारहरुका राम्रा सिर्जनाले समाजलाई सही बाटोमा डोर्‍याउन मदत पुर्‍याएको बताएका हुन् ।

उनले भने, ‘कलाकारका सिर्जनाहरूलाई सबैले मन पराउँछन् । तपाईँहरूका कयौँ प्रतिभाहरू उच्च प्रशंसा गर्न लायक छन् । कला साहित्य हाम्रो पहिचान हो । तपाईँका सिर्जनाहरूले मनोरञ्जन प्रदान गर्नुका साथै समाजलाई सही मार्गमा डोर्‍याउन मदत पुर्‍याएको छ । आम जनताको मन मस्तिष्कमा बस्ने सिर्जनाहरू ल्याउनुस् मेरो शुभकामना छ । तर कतिपय गीतहरू पारिवारिक माहोलमा सुन्न नसकिने खालका छन् । यसलाई निरुत्साहित गर्नुस् ।’

उपमा सञ्चार समूहले दुई दर्जन बढी कलाकारहरूलाई सम्मान तथा अभिनन्दन गरेको छ । कलाकारको प्रतिभाहरूको उच्च कदर गर्दै एक समारोहकाबीच सम्मान गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?