मेची भन्सारबाट २ अर्ब ४२ करोड राजस्व संकलन

लोकपथ
28
Shares

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा दुई अर्ब ४२ करोड ९ लाख ९ हजार राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको १३ दशमलव ९६ प्रतिशत हो ।

चालु आवमा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत एवं सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । उनका अनुसार गत साउन र भदौमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट एक अर्ब ३८ करोड ३९ लाख चार हजार राजस्व संकलन भएको हो ।

कार्यालयले गत आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य राखेकोमा लक्ष्यको ७८ दशमलव चार प्रतिशत राजस्व संकलन गरेको थियो । चालु आवमा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?