साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो छ : सभामुख

लोकपथ
35
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उनले साहित्यकै माध्यमबाट समाजमा चेतनाको विकास भए पनि हुनुपर्ने आवश्यक परिवर्तनहरू अझै नभएको बताए । 

उनले भने, ‘साहित्यकै माध्यमबाट समाजमा चेतना, उत्साह भर्ने धेरै कामहरू भए ।  तर समाज परिवर्तन गरिसकेपछि साहित्यले गर्नुपर्ने कामहरू के हो, अहिलेका युवा, महिलाहरूको कर्तव्य के हो  र त्यो कसरी गर्न सकिन्छ । समाज र साहित्य, राजनीतिप्रतिको दायित्व के हो भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ । यस्ता कुराहरूमा साहित्य जे काम गर्नुपर्ने थियो अझै अधुरो छ । त्यसले अझै दिशा निर्देश गर्न सकिरहेको छैन ।’

यसका साथै, उनले साहित्यले समाजको सेवा गर्ने र साहित्यको माध्यमबाट चेतना र उत्साह भर्ने काममा योगदान गर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?