‘क्यानडाले लिएको नयाँ नीतिप्रति नेपाली विद्यार्थी निराश हुनपर्दैन’

लोकपथ
49
Shares

काठमाडौं । क्यानडाले विदेशी विद्यार्थीलाई दिइने अध्ययन अनुमतिको संख्या कम गर्नेलगायतका नीतिहरू लागू गर्न थाले पनि त्यसले नेपाली विद्यार्थीहरूमा ठुलो असर नपर्ने परामर्शदाताहरूले दाबी गरेका छन् । आवश्यक प्रक्रिया पुर्‍याउने विद्यार्थीहरूका लागि नयाँ नीतिले थप सहजीकरण गरेको उनीहरूको भनाइ छ ।

क्यानडाले देशको आर्थिक अवस्था र श्रम बजारको आवश्यकतालाई ध्यानमा राख्दै अध्यागमन नीतिमा सामान्य फेरबदल ल्याएको थियो । सरकारले विदेशी विद्यार्थीको संख्या कटौती, अस्थायी विदेशी कामदारको संख्या कटौती, अध्ययनपछि दिइने वर्क परमिटमा कडाइ जस्ता नीति लिने क्रम जारी राखे पनि न्यूनतम प्रक्रिया पुर्‍याउने विद्यार्थीको हकमा समस्या नपर्ने नेपाली परामर्शदाताहरूको दाबी छ ।

वानेश्वरमा रहेको गोरेटो एजुकेशनल कल्सल्यान्सीका प्रबन्ध निर्देशक धिरज कंडेल पछिल्लो समयमा वैदेशिक अध्ययनको  लागि जाने  विद्यार्थीको संख्या बढिरहेका बेला क्यानडा जानेहरूको संख्यामा उल्लेखनीय रूपमा कमी आएको भन्ने किसिमका समाचारहरूमा सत्यता नभएको बताए ।

‘यसबीचमा केही समाचारहरू धेरै नै नकारात्मक आए । तथ्यको गहिराइमा नपुगी सतही रूपमा विद्यार्थीको मनोविज्ञानमा असर गर्ने किसिमका समाचार आए । क्यानडामा काम पाइँदैन, बस्नको  लागि  समस्या छ भन्ने किसिमका नकारात्मक कुराहरू आए त्यो सत्य थिएन । त्यो सही सूचना थिएन । सरकारी नीतिमा परिवर्तन आउँदैमा ठप्प भयो भन्नु र समस्या भयो भन्नु गलत हो,’ उनले भने,‘हामीसँग  क्यानडाका लगभग २३–२४ भन्दा बढी कलेज र विश्वविद्यालयका प्रतिनिधिहरू नेपालमै आएर हाम्रो परामर्श कार्यक्रममा सहभागी हुनुभयो । उहाँहरूको आगमनले क्यानडामा नेपाली विद्यार्थीलाई समस्या छैन भन्ने नै हो ।’

क्यानडा सरकारले जहिले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्दै  आइरहेको भए पनि पछिल्लो केही महिना अन्य देशका विद्यार्थीहरूको संख्यामा बढी भएकाले नयाँ नीति लिनुलाई सामान्य मान्नुपर्ने उनको धारणा छ । 

‘विद्यार्थीको संख्यामा आएको वृद्धिका कारण केही समय समस्या आएको कुरामा सत्यता छ तर ठप्प भएको भन्ने हल्ला गलत छ । व्यवस्थित र दिगो समाधानका लागि नयाँ नियम आउँदैमा हामी आत्तिनु पदैन् । क्यानडामा विद्यार्थीले पढिसकेपछि जुन पाउने सेवा सुविधा हुन्छ त्यसमा पुनरावलोकन गर्दै केही महिनाभित्र सहजीकरण गर्ने कुरा सरकारले नै बताइसकेको छ,’ उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?