काभा महिला क्लब च्याम्पियनसिप : उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी

लोकपथ
427
Shares

काठमाडौं । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भण्डारी चुनिएकी छिन् ।

च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो वेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् ।

मालदिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?