अनेरास्ववियूको राष्ट्रिय सम्मेलन असोज १० देखि १४ गतेसम्म

लोकपथ
21
Shares

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मलेन असोज १० गते देखि १४ गतेसम्म हुने भएको छ । 

यसअघि सम्मेलन असोज २ देखि ५ गते सम्मको लागि तोकिएको थियो । तर ३ प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको जनाइएको छ । 

सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनले ३३ पदाधिकारीसहित २ सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।

सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा हुने जनाइएको छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले गर्ने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?