झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व संकलन

लोकपथ
21
Shares

झापा ।  जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा  ६६ लाख १५ हजार राजस्व संकलन गरेको छ । ९ हजार ७ सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व संकलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । 

सो अवधिमा सबैभन्दा धेरै एक हजार ६ सय ८४ जीप, कार तथा भ्यानलाई कारबाही गर्दा १० लाख पाँच हजार पाँच सय राजस्व संकलन भएको छ । यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, ६ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय ६ टेम्पो कारबाहीमा परेका छन् ।

कार्यालयको तथ्याङ्क  अनुसार साउन १० र भदौमा ६ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए ।

प्रहरीका अनुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन् । यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप/कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?