सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

लोकपथ
280
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा  एक हजार ७ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्य सूचीअनुसार छापावाला सुन तोलामा दुई हजार एक सयले वृद्धि भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार ९ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार ९ सय २० निर्धारण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?