श्रीलंकामा राष्ट्रपति चुनाव : वामपन्थी उम्मेदवार दिशानायकेको फराकिलो अग्रता

लोकपथ
112
Shares

कोलम्बो । श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले अग्रता लिएका छन्।

राष्ट्रपतिका लागि शनिबार मतदान सकिएलगत्तै मतगणना भएकोमा नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायकेले सुरूवातदेखि नै अग्रता लिएका हुन्।

१ करोड ७० लाख मतदाताहरुमध्ये करीब ७५ प्रतिशत राष्ट्रपतिको निर्वाचनमा मताधिकार प्रयोग गरेका थिए । सन् २०१९ को नोभेम्बरमा भएको पछिल्लो निर्वाचनमा ८३ प्रतिशत मतदान भएको थियो । 

श्रीलंकाको निर्वाचन आयोगको आकडाअनुसार वामपन्थी नेता अनुरा कुमारा दिशानायकेले ५२ प्रतिशत मत पाएका छन् । दिशानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उमेदवार हुन् ।

१६ प्रतिशत मात्रै मत पाएर निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघे तेस्रो स्थानमा छन् । साजिश प्रेमदासा २२ प्रतिशत मतसहित दोस्रो स्थानमा छन् । 

सन् २०२२ को आर्थिक संकटयता यो श्रीलंकामा भएको पहिलो निर्वाचन हो । २०२२ को आर्थिक संकटको समयमा गोतबाया राजापाक्षे सरकारविरुद्ध बृहत स्तरमा जनविद्रोह भएको थियो ।

प्रदर्शनकारीहरू कोलम्बोमा रहेको राष्ट्रपतिको निवासमा घुसेका थिए । त्यसपछि गोतबाया देश छाडेर भाग्न बाध्य भएका थिए । त्यति बेला रनिलले देशको बागडोर सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?