सन्दीप लामिछानेविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

लोकपथ
175
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।


मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने भनी तयार पारेको फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।


उच्च अदालत पाटनले सन्दीपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।


महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै अब क्रिकेटर लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ । पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले उनलाई झिकाउनु भनी म्याद जारी गर्छ । त्यसपछि लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?