काठमाडौं । पूर्वी इरानमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट हुँदा ३० जनाको मृत्यु भएको हो ।
सञ्चार माध्यमका अनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ ।
गत वर्ष उत्तरी सहर दमघानमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी ६ जनाको मृत्यु भएको थियो भने सन् २०२१ को मे महिनामा सोही स्थानमा दुई जना कामदारको मृत्यु भएको थियो ।
सन् २०१७ मा उत्तरी इरानको आजाद सहरमा भएको विस्फोटमा ४३ जना कामदारको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया