‘भौतिक संरचना सञ्चालनका लागि सम्बन्धित निकायसँग छलफल जारी छ’ 

लोकपथ
21
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसियाले  भौतिक संरचना सञ्चालनका लागि कानुन मन्त्रालयले सर्वोच्च अदालतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको बताएका छन् ।  

आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले भौतिक संरचना सञ्चालनको मुख्य सवाल रहेकाले अदालतसँग पनि छलफल गरेर अगाडि बढिरहेको बताएका हुन् ।

उनले भने, ‘भौतिक संरचना सञ्चालनका लागि कानुन मन्त्रालयले सर्वोच्च अदालत लगायतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको छ । सञ्चालनकै मुख्य सवाल रहेकाले सरकारसँग पनि छलफल गरेर त्यसमा पनि के गर्न सकिन्छ गृह मन्त्रालय र महिला मन्त्रालयसँग पनि कुरा गर्नुपर्ने अवस्था छ । ’

यस्तै उनले नयाँ कानुन संशोधनको क्रममा समितिका सांसदहरूसँग छलफल गर्नुपर्ने  बताए । उनले बलात्कार सम्बन्धीको मुद्दामा कुन जबरजस्ती हो कुन मन मिलेर  हो त्यसमा पनि कानुन संशोधन गर्नुपर्ने बताए ।  

‘संविधानलाई  कार्यान्वयन गर्दा कहाँ कहाँ कठिनाइ छ के के संशोधन गर्दा कुन कुन कानुन बनाउँदा सशक्त रूपले आम मान्छेले आफ्नो अधिकारलाई प्रयोग गर्न  पाउँछन् । त्यसका लागि मन्त्रालयमा छलफल पनि गरेका छौँ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?