बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

लोकपथ
0
Shares

काठमाडौं ।  बैतडी जिल्लाको शिवलिंग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिंग आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असोज २ गते बझाङको माझी गाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?