लगातार तीन दिन घटेको नेप्से ११.५८ अंकले बढ्यो 

लोकपथ
21
Shares

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अंकमा रोकिएको हो ।

आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार ९ सय ५७ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ९ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूह शून्य दशमलव ३१, होटल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६, जलविद्युत शून्य दशमलव ३१, लगानी शून्य दशमलव ६२ र जीवन वीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन वीमा समूह शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ ।

इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर सांगी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको  २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को ६ लाख ४७ हजार दुई सय तीन कित्ता किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?