मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट

लोकपथ
42
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भुटानका ऊर्जा तथा प्रकृतिक ओत मन्त्रालयका मन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गरेका छन् ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टद्वारा आयोजित २४ र २५ सेप्टेम्बरसम्म काठमाडौंमा हुन लागेको दोस्रो हिन्दुकुश हिमालय मन्त्रीस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आएको सन्दर्भमा दुई देशका मन्त्रीबीच आज सिंहदरबारस्थित मन्त्रालयमा भेट भएको हो । 

सो अवसरमा मन्त्री भण्डारीले नेपाल र भुटानबीच गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको र जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताए । उनले भने, ‘भूपरिवेष्ठित भूवनावट, हिमाली भूगोल, विकासका चुनौती र जलवायु परिवर्तनको सामना लगायतका विषय हाम्रा साझा मुद्दाहरू हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?