गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई पोखरा ल्याइयो

लोकपथ
175
Shares

काठमाडौं । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

जोशीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेर आज पोखरा ल्याइएको हो । जोशीलाई सोमबार अदालतमा पेस गरिनेछ ।

जोशीलाई सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय समितिको सिफारिसका आधारमा प्रहरीले आकस्मिक पक्राउ पुर्जी लिएर पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?