कार्यकर्तालाई घण्टीघरबाट रविको अपिल : ‘जे पनि हुनसक्छ अलर्टमा बस्नुस्’

लोकपथ
175
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रहरीले जतिबेला पनि धरपडक गर्नसक्ने भन्दै रास्वपाका कार्यकर्ता र समर्थकलाई सतर्क रहन आग्रह गरेका छन् ।

आइतबार राति पार्टी कार्यालय बनस्थलीमा सम्बोधन गर्दै लामिछानेले सरकार अन्य प्राथमिकता छाडेर आफूविरुद्ध लागेको भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा आफूलाई पक्राउ गर्न लागिएको भन्दै लामिछानेले देशभरका कार्यकर्ता तथा समर्थकलाई सचेत रहन र परिस्थिति अनुसार प्रतिवाद गर्न आग्रह गरे ।

‘परिस्थिति जे पनि हुनसक्छ । म यहाँबाट देशभर छरिएर रहनुभएका सम्पूर्ण शुभचिन्तकहरुलाई आग्रह गर्न चाहान्छु, तपाईँहरु अलर्टमा रहनुहोला, सरकारले जे पनि गर्न सक्छ,’ उनले भने ।

त्यस्तै उनले नयाँ खुलेको दल रास्वपालाई सरकारले सिध्याउन लागेको भन्दै अन्य नयाँ शक्तिहरुलाई एक ठाउँमा उभिन समेत आग्रह गरे ।

आइतबार अपरान्ह गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेसँग रविलाई समेत प्रहरीले पक्राउ गर्न लागिएको भन्दै रास्वपाले आकस्मिक बैठक बोलाएको थियो । रास्वपा त्यसबारे धारणा बनाउन आन्तरिक छलफलमा जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?