प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन् ।

नेपाली समय अनुसार आइतबार राति न्यूर्योकमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।

महासभाको उक्त समटिको उद्घाटनसत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रष्टी काउन्सिलमा आयोजित छलफलसत्रको अध्यक्षता गरेका थिए । यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रमण्डलले महासभामा भाग लिएका थिए ।

यस्तै प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?