बलात्कार आरोपी आमाको किरिया बसेकै ठाउँबाट पक्राउ

२० वर्षीया युवतीको घाँटी थिचेर बलात्कार गरेको आरोप थियो

लोकपथ
259
Shares

काठमाडौं । डोटीमा आमाको किरियामा बसेका एक युवकलाई युवती बलात्कारको आरोपमा किरिया बसिरहेकै ठाउँबाट पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई २० वर्षीया युवती बलात्कार आरोपमा किरिया बसेकै ठाउँबाट आइतबार पक्राउ गरिएको हो । उनीमाथि भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेको थियो । बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँसमेत उनले लुटेको जाहेरीमा उल्लेख छ ।

बलात्कारपछि फरार रहेका रैकाल आमाको निधनको खबरपछि गाउँ फर्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले शनिबार राति आमाको निधन भएपछि दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला उनलाई पक्राउ गरिएको बताए । उनलाई आज म्याद थपका लागि अदालत पेश गरिने उनले डीएसपी भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?