सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५९ हजार नाघ्यो

लोकपथ
455
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुनको मूल्य तोलामा ४ सयले वृद्धि भइ तोलामा १ लाख ५९ हजार २ सय कायम भइ कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार नेपाली बजारमा सुनको मूल्य १ लाख ५८ हजार ८ सय रहेको थियो ।

हिजोको तुलनामा आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १ हजार ९ सय २० रहेको थियो । आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?