कृषकलाई कर्जा दिन एनएमबि बैंकले गर्‍यो त्रिपक्षीय सम्झौता 

लोकपथ
56
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डी.भी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबीच डिजिटल खेती कर्जाको लागि त्रिपक्षीय सम्झौता भएको छ ।

गाँउपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल खेती कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा.बुद्धि मल्ल, डी.भी एक्सेलस प्राविको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाउँपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता बमोजिम बैंकले बागमती गाउँपालिकाका कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई यस डिजिटल कर्जा मार्फत उनीहरूलाई कर्जा लगानी सहज बनाएर कृषकहरूको आर्थिक अवस्था वृद्धि गर्नको लागि तीनै वटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरूलाई कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरूलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयहरूमा सहमति भएको छ ।

अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा अब भने छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?