मुकुल ढकालले रास्वपा कार्यकर्तालाई भने : ‘रवि सहकारी ठग हो, समातेर प्रहरीको जिम्मा लगाउनुस्’

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट हटाइएका डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई समातेर प्रहरीको जिम्मा लगाउनु पर्ने धारणा राखेका छन् । 

संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनतर्फ सरकार लागिरहेको बेला सोमबार सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन् । उनले आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन पनि रास्वपाका कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् । 

गोर्खा मिडियाका सञ्चालक छविलाल पाण्डेको पक्राउपछि आफ्ना सभापति रवि लामिछाने पनि पक्राउ पर्ने डरले रास्वपा कार्यकर्ताहरू आन्दोलित भइरहेका बेला पूर्व महामन्त्री ढकालले रास्वपा कार्यकर्ताकै सहयोग खोजेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् 

प्रिय रास्वपा मित्रहरू !

हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन, बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईँहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जोसुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?