काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लब स्वदेश फिर्ता

लोकपथ
42
Shares

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ । मालदिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन् ।

विजेता टोलीलाई प्रहरीका अधिकृतहरूले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्प गुच्छा, खादा र मालाले स्वागत गरेका थिए । 

नेपालको पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो ।

६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जितेको थियो । लिग चरणमा पाँच वटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो । पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?