धनुषा प्रहरी हिरासतबाट भागेका ९ थुनुवामध्ये चार पक्राउ, पाँचको खोजीकार्य जारी

लोकपथ
70
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवालाई पक्राउ गरिएको छ । सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएकोमा सत्यम झालाई तत्कालै पक्राउ गरेको प्रहरीले थप तीन जनालाई आज दिउँसो धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेसनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

लागुऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?