फिस सुट गेममा जुवा खेल्ने र खेलाउने ७ जना पक्राउ 

लोकपथ
77
Shares

काठमाडौं । फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ४ जना चिनियाँ, एक भारतीय र २ जना नेपालीलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार प्रदेश बेङलोरू घर भई हाल बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, चीन तिब्बत घर भई हाल काठमाडौंको बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, ३० वर्षीय नोर्बु साम्देन, २७ वर्षीय दासाङ, ४५ वर्षीय सिचुवानका वई चुन्लिन , सिमलटारका २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल घर भई हाल तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामा रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बौद्धको फुलबारी मार्गस्थित घरमा सोनम तामाङले सञ्चालन गरेको गेम जोन लेखिएको सटरमा छापमा मार्ने क्रममा जुवा खेल्न प्रयोग गरिने उपकरण १ थान, नेपाली नगद १२ लाख १ हजार रुपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थानसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?