जसपा नेपालले पदाधिकारीलाई आधारभूत संगठन निर्माण अभियानमा खटायो

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा खटाएको छ । 

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि जिम्मेवारी तोकेको हो । 

जसअनुसार सुदूरपश्चिम प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राज किशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिवलाल थापा मगरलाई खटाइएको छ ।

त्यसै गरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव र कोशी प्रदेशमा सचिव राजकुमार राई र कार्यकारिणी सदस्य जयराम यादवलाई तोकिएको छ ।

पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यहरूका साथै प्रदेश समितिहरू सँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको छ । तोकिएका अभियन्ताले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने छ ।

जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत सोमबार पाँचथरमा अभियन्ता अभिमुखीकरणको आयोजना गर्न लागिएको छ । 

जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् । 

यस अघि जसपा नेपालले काठमाडौं, जनकपुर, वीरगञ्ज, विराटनगर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा अभियन्ताअभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?