पत्रकार महासंघको निर्वाचन समयमै नभएकोबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

लोकपथ
84
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा कारण देखाउ आदेश जारी गरेको छ ।

 ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर दर्ता गरेको निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

महासंघको वर्तमान कार्यसमितिले निर्धारित समयमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निर्वाचन गराएर महासंघलाई निकास दिन रिट निवेदनमा माग गरिएको छ ।

महासंघले पाँचौं पटकसम्म निर्वाचनको मिति तय गरेको भए पनि अहिलेसम्म निर्वाचन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?