पत्रकारहरूको जिन्दगी एकदमै भयावह अवस्थामा छ : सञ्चारमन्त्री गुरुङ

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरू आफ्नाबारे सुसूचित हुन नसकेको बताएका छन् । 

सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई  सुसूचित गर्ने पेशाले नै आफ्नाबारे सुसूचित गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरूको जिन्दगी एकदमै भयावह अवस्थामा छ । प्राइभेट स्कुलका शिक्षकहरूले कोभिड लागेर स्कुल बन्द भएको ११ महिना भयो, पैसा छैन भनिरहेका छन् । पत्रकारिता क्षेत्र पनि सबैभन्दा बढी जोखिममा छ । आफ्नो अनि परिवारको केही प्रवर्द्धन छैन । दुनियाँलाई सुसूचित गर्ने पत्रकारहरूले आफ्नो लागि सुसूचित गर्न सकेका छैनन् ।’

साथै उनले जोखिममा भएको पत्रकारिता क्षेत्रले मानवतालाई जोगाइ राखेको बताए ।  उनले पत्रकारितालाई अगाडि बढाउन मन्त्रालयसँगै सिंगो राष्ट्र लाग्नुपर्ने बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?