अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसंघका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् ।
उनीहरूबिच आज भएको भेटवार्तामा राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।
उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसंघीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया