इजरायली आक्रमणबाट लेबनानमा एकैदिन ४९२ जना मारिए

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । युद्धरत देश इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ जना बालबालिका र ५८ जना महिला समेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । 

घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।

आक्रमणमा परेर हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् । इजरायली सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?