गंगालाल अस्पतालको फोहोर संकलनमा रोक

लोकपथ
42
Shares

काठमाडौं ।  महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहोर संकलनमा रोक लगाएको छ । 

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहोर संकलन केन्द्रमा पुग्दा हानिकारक फोहोर र सामान्य फोहोर एकै ठाउँमा राखिएको भेटिएपछि हानिकारक फोहोर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहोर संकलनमा रोक लगाइएको बताइएको छ । 

अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ । 

फोहोर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा नभएको र चप्पल लगाएर ओहोरदोहोर गरिरहेकोसमेत भेटिएको महानगरले जनाएको छ । अस्पताल पक्षले भने फोहोर वर्गीकरण राम्रो भएको दाबी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?