त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

लोकपथ
1.1k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । 

त्रिभुवन विश्वविद्यालयका परीक्षा सुधार समितिका अध्यक्ष एवम शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा हिजो बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको हो । 

प्रकाशित सूचनामा  मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ साल देखिका  वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका  विद्यार्थीको लागि  एक पटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ।

त्यस्तै, सेमेष्टर प्रणाली अन्तरगत ०६९ देखि समयसीमा कटेका परीक्षाथीहरुले पनि मौका परीक्षा दिन पाउने भएका छन् । त्यसैगरी त्रिविले जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?