अवैध रूपमा उत्खनन गरी ल्याउँदै गरेको ढुंगा र बालुवासहित ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

लोकपथ
105
Shares

काठमाडौं । अवैध रूपमा ढुंगा र बालुवा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा ४ वटा ट्याक्टरलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका–४ स्थित चाँदी खोलाबाट ना १ त ९९४८ , ना २ त ३६६२, ना ५ त ८१४२ र ज १ त १०११ नम्बरको ट्याक्टरहरूमा ढुंगा र बालुवा लोड गरी आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले ट्याक्टरहरू र चालकहरूलाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएको उक्त ट्याक्टरहरू र चालकहरूलाई आवश्यक कारबाहीको लागि चन्द्रपुर नगरपालिकाको कार्यालयमा  पठाइएको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?