ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता

लोकपथ
77
Shares

काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । 

मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो  ।

चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन् । 

तर एसियाली कराँतेको सबैभन्दा ठुलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो । एक वर्षअघि हाङचाउमै भएको १९औँ एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जितेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?