शैक्षिक प्रमाणपत्र पेस गर्न नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

लोकपथ
126
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले माग गरेको स्नातक तह उत्तीर्णको प्रमाणपत्र पेस गर्न नसकेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।

१४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित १७ जनालाई विभिन्न देशको राजदूतका लागि प्रस्ताव गरेकोमा सुनुवाइ समितिले १२ जनालाई सर्वसम्मत र चार जनालाई ‘नोट अफ डिसेन्ट’ सहित अनुमोदन गर्दा उनको अनुमोदनमा ढिलाइ भइरहेको थियो । अनुमोदन गर्ने दिन सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र फेला पार्न नसकेपछि त्यस दिनलाई ‘होल्ड’ गर्दैै स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।


भट्टराईले भने त्यसका लागि आफूलाई ११ असोजसम्मको समय दिन समितिसँग माग गरेका थिए । संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले थप समय दिन नसक्ने भन्दै आफैँले नाम फिर्ता लिने वा समितिले अस्वीकार गर्ने दुईवटा विकल्प मात्र रहेको जानकारी दिएकी थिइन् । त्यसपछि भट्टराईले मंगलबार समितिमा आफूले नाम फिर्ता लिएको पत्र दर्ता गराएर गएका उनले बताइन् ।

उनीबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक आज बस्दै छ । त्यसअघि नै भट्टराईले नाम फिर्ता लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?